 
	    काठमाडौ । चलचित्र विकास बोर्डले भारतीय चलचित्र ’आदिपुरुष’मा माता जानकीलाई भारतकी छोरी भनि इतिहासलाई बांगो बनाई तथ्यगत त्रुटी सहित नेपाल बाहेकका मुलुकहरुमा रिलिज भएको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले बिज्ञप्तिमार्फत संसारका कुनै पनि फिल्मले नेपालको स्वाधिनता, हाम्रा विभूतिहरुमाथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डको लागि कदापी मान्य नहुने उल्लेख गर्नुभएको छ ।
केसीले ’आदिपुरुष’को उक्त सम्वाद सच्याएर मात्र रिलिज गर्नुपर्ने माग राख्दै बोर्डले गर्नुपर्ने पहलमा अगाडी बढेको र यस प्रकारका विवादहरुले दुई देशबीचको सांस्कृतिक तथा कुटनीतिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा यथासक्य सम्वाद हटाउन पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत माग गर्नुभएको छ ।
बिज्ञप्तिमा भनिएको छ–‘यस बिषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको स्टेटमेन्ट र चलचित्र जाँचपास समितिद्वारा मौन गराईएको संवादका बिषयमा विभिन्न सञ्चारमाध्यमहरुमा आएका समाचारहरुका आधारमा सो चलचित्रले नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभर जहाँ प्रदर्शन गरेपनि ’जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ती जनाउँदछौँ ।’



 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्