Logo २५ चैत्र २०८२, बुधबार | Thu Apr 9 2026


पार्ले एग्रोले ल्यायो नयाँ कार्बोनेटेड पेय पदार्थ – बि फिज


728
Shares

काठमाडौं । भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय – बि फिज नेपाली बजारमा ल्याएको छ।

स्याउको स्वादमा स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो कम्पनीले जनाएको छ । यसलाई सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ ।

यस अघि यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो भने अब कम्पनीले बि फिजबाट कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति नै ल्याउने जनाएको छ । यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै स्वादमा ल्याइएको कम्पनीको भनाई छ ।

यसको मूल्य ३० रुपैयाँबाट शुरु गरिएको छ । पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनि साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दैछ ।