१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


समुद्री आँधी आएको भोलिपल्टै जापानमा शक्तिशाली भूकम्प


0
Shares

काठमाडौं । जापानमा शक्तिशाली समुद्री आँधी आएको भोलिपल्टै शक्तिशाली भूकम्प गएको छ ।

उत्तरी टापु कोक्काइदोमा गएको ६ दशमलव ७ म्याग्नेच्यूडको भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ ।

करिब ४० जना मानिस हराइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भूकम्प पछि विभिन्न स्थानमा पहिरो गएको छ भने धेरै घरहरु पुरिएका छन् । ३० लाख घरहरुमा विद्युत सेवा अवरुद्ध भएको छ ।

आणविक भट्टी पनि बन्द गरिएको छ । पराकम्पहरु आउन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन सचेत गराएका छन् ।

विगत दुई दिन यता आँधीले व्यापक जनधनको क्षति पुर्‍याएको बेला जापान फेरि अर्को प्राकृतिक विपत्तिको मारमा परेको हो ।

२५ वर्ष यता कै ठूलो आंधी कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । (एजेन्सी)