१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


नागकिताबाट वञ्चितले सामूहिक आत्मदाह गर्ने अवस्था आए को जिम्मेवार ? भन्दै सांसद खानको प्रश्न


286
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य अब्दुल खानले नागरिकताबाट वञ्चित नागरिकहरुले विभिन्न जिल्लाहरुमा आन्दोलन गरिरहेको भएपनि सरकारले ध्यान नदिएको बताउनु भएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खानले समस्या समाधानका निम्ति पहल नभएमा नागकिताबाट वञ्चित नागरिकहरुले सामुहिक आत्मदाह गर्ने अवस्था आउनसक्ने भन्दै त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गर्नुभयो । उहाँले नेपाली नागरिकले नागरिकता लिनु अपराध नभएको बताउनु भयो । उहाँले नागरिकताबाट वञ्चितहरुलाई गोली हानेर धपाउन वा नागरिकता दिन आग्रह गर्नुभयो ।त्यसैगरी सांसद रेखा यादवले पनि नेपाली नागरिकहरुलाई नागरिकता नदिएर अनागरिक नबनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले काठमाडौंको माईतीघरमा आन्दोलनरत निरज कामतले नागरिकता नपाएको पीडामा आत्मदाहको प्रयास गरेको उल्लेख गर्दै आगामी दिनमा आत्मदाह गर्ने बाटोमा नपु¥याउन सरकारसँग माग गर्नुभयो ।