१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


अनलाइन जुवा खेलाएको आरोपमा ‘बल्छी ध्रुबे’ र ‘राजू मास्टर’ पक्राउ


13.26k
Shares

काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरीले कलाकारहरुलाई पक्राउ गरेको छ ।

बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मरिचमान श्रेष्ठ¬ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) लगायतलाई पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुसँगै अरु कलाकारहरु पनि पक्राउ परेका प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले अरु कलाकारबारे केही खुलाएको छैन । उनीहरुलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको हो । बुधबार (हिजो) पनि प्रहरीले अनलाइनमार्फत जुवा खेलाउने ५ जनालाई पक्राउ गरेको थियो ।