१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


स्थिरताकालागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमाले महासचिव पोखरेलको दाबी


351
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिएको बताउनु भएको छ ।

बुधबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै महासचिव पोखरेलले सो कुरा बताउनु भएको हो । मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत लिनु भएको थियो । त्यसमा बिपक्षी दल एमालेले पनि मत दिएको थियो । मुख्यमन्त्री यामदवले विश्वासको मत लिएको भोलिपल्ट महासचिव पोखरेलले प्रतिक्रिया दिंदै बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले अन्य दलहरूले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको पनि स्टाटसमा लेख्नु भएको छ । त्यसैगरी महासचिव पोखरेलले पछिल्लो समय देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता र अराजकता गम्भीर चुनौती बनेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री यादवले मधेश प्रदेश सभामा मंगलबार दोस्रो पटक विश्वासको मत लिनु भएको हो ।