
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चित्रलाई विलासिताको वस्तुका रुपमा लिनु नहुने बताउनुभएको छ ।
मंगलवार ललितकला प्रतिष्ठानमा चित्रकलाको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले चित्रहरु विलासिताका वस्तु नभइ सिर्जनाका कुरा र युगका प्रतिविम्व भएको बताउनु भयो । परराष्ट्रमन्त्री साउदले युगलाई भावि पुस्तामा चिनाउने भनेकै चित्रकला एउटा माध्यम रहेको बताउनु भयो ।
उहाँले चित्रकलालाई विदेशमा पनि निर्यात गरी नेपालको कला, संस्कृति र इतिहासलाई विश्वमाझ फैलाउन जरुरी रहेको बताउनु भयो ।परराष्ट्रमन्त्री साउदले चित्र मनका भावहरुको अभिव्यक्ति भएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्