
काठमाडौं । वैदेशिक रोजगारीको नाममा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुको भिमफेदी गउँपालिका ६ का विजय पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
मगरले आकर्षक सुविधासहित वैदेशिक रोजगारीको लागि दुबई पठाउने भन्दै विभिन्न व्यक्तिसँग रकम असुलेर सम्पर्कविहीन हुने गरेको उजुरी परेपछि प्रहरीले खोजी गरेको हो ।
पीडितले मगरविरुद्ध वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । उनले दुबईको प्रतिष्ठित कम्पनीमा आकर्षक तलबमा काम लगाइ दिने भन्दै लेभ्याएर रकम असुलेको पीडितको गुनासो छ ।
ठगी गर्नेहरुले विभिन्न प्रलोवनमा पारेर वैदेशिक रोजगारमा जान चाहनेहरुलाई ठगि गर्ने गरेको प्रहरीको भनाइ छ । वैदेशिक रोजगारमिा जान चाहनेमा पर्याप्त ज्ञानको अभावका कारण दलालको प्रलोवनमा परेर ठगिने क्रम बढेको प्रहरीको भनाइ छ ।
विभागले थप अुनसन्धानका लागि मगरलाई वैदेशिक रोजगार विभागको जिम्मा लगाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्