Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


उरुग्वेले जित्यो यू-२० विश्वकप उपाधि


3.7k
Shares

काठमाडौं । अर्जेन्टिनामा भएको फिफा यू–२० विश्वकप फुटबलको उपाधि उरुग्वेले जितेको छ ।

उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १–० ले पराजित गर्दै पहिलो पटक यू–२० विश्वकप जितेको हो ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो । यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको छ ।

अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू–२० विश्वकप जितेका छन् ।