Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते


52
Shares

काठमाडौं । अनिश्चितकालका लागि स्थगित कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बुधबार दिनको १ बजे बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जेठ २३ देखि अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा स्थगित भएको थियो ।जेठ २४ मा नीति तथा कार्यक्रम सदनमा पेश हुने तयारी थियो । सदन स्थगनमा गएपछि नीति कार्यक्रम पेश भएको छैन । सरकार अल्पमतमा परेर सदन स्थगित भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको छ ।

यहीबेला सभामुख बाबुराम गौतमले संसद बैठक बोलाएका हुन् ।प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै बैठकको जानकारी दिएका हुन् । आइतबारमात्रै प्रदेशका विपक्षी दलहरूले अध्यादेशबाट बजेट नल्याउन, त्यसरी ल्याए अस्वीकार गर्ने चेतावनी दिएका छन् ।