१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


अध्यक्ष दाहाल आज नयाँदिल्ली जाने


0
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल तीन दिने औपचारिक भ्रमणका लागि आज भारत जाँदै छन् ।

भारतीय विश्व सम्बन्ध परिषद्को निमन्त्रणमा उनी नयाँदिल्ली जान लागेका हुन ।

दाहालले भोलि विश्व सम्बन्ध परिषद्ले गर्न लागेको नेपाल–भारत सम्बन्धका भावी परिप्रेक्षबारे प्रवचन दिने कार्यक्रम छ ।

कार्यक्रममा कूटनीतिक एवम् सुरक्षा मामिला विज्ञ र नेपाल–भारत सम्बन्धका जानकार सहभागी हुने बतााइएको छ ।

भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजलगायतका नेतासँग भेट गर्ने कार्यक्रम छ ।

तीन दिने भारत भ्रमण सकेर स्वदेश फर्किएपछि उनी भदौ ३० गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।