
काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले आगामी आर्थिक वर्षको बजेट पञ्चायतकालिन बजेटको रुपमा पुनरावृत्ति भएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले आर्थिक वर्ष २०८०/८१ को बजेटमा प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने जति अधिकार नदिइएको बताउनुभएको हो ।
उहाँले पञ्चायतकालमा प्रधानपञ्चलाई जति अधिकार र बजेट छुट्टयाइन्थ्यो अहिले पनि त्यस्तै, देखिएको उल्लेख गर्नुभयो । उहाँले बजेट पञ्चायतकालिन र बहुदलकालिन बजेटको पुनरावृत्तिको रुपमा आएको बताउनुभयो ।
सांसद गुरुङले स्रोत व्यवस्थापन र बजेट वितरणका हिसाबले बजेट एकात्मकतावादी रहेको बताउनुभयो । बजेटले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मलाई छुन नसकेको उहाँको भनाई छ ।
उहाँले बजेट प्रगतिशिल नभएको उल्लेख गर्नुभयो । प्रगतिशील कर प्रणाली पनि नभएको उहाँले बाउनुभयो । बजेटले मुलुकमा राष्ट्रिय पुँजीको विकास गर्न नसक्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्