
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले विद्युतिय सवारी साधनको भन्सार पूर्ण रुपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष लिङ्देनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताउनुभयो । उहाँले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गर्नुभयो । उहाँले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको बताउनुभयो । अध्यक्ष लिङ्देनले मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिका प्रधानमन्त्रीहरुले खालि भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पार्नुभयो । तर, विदेशीले नागरिकता लिएको विषयमा भने छानविन हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति विरोध जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्