२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


दलहरु नीतिगत र वैचारिक रुपमा स्पष्ट नहुँदा पपुलिष्टहरु राजनीतिको विकल्प बनेका एमाले महासचिव पोखरेलको भनाई


143
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँको नाममा शुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताउनुभएको छ ।

राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई स्पष्ट रुपमा अगाडी बढाउन नसक्दाको परिणामस्वरुप केही पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजिवादको पोषण पक्षधर रहेको बताउनुभएको हो । नयाँको नामबाट शुरु भएका राजनीतिक दलहरु यथास्थितिवादलाई पोषण गर्ने बाहेक अन्य ठोस आधार र धरातल नभएको पोखरेलको भनाई छ ।

महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रुपमा कहिलेकाहीँ पपुलिष्टहरु राजनीतिमा आउने गरेपनि समाज परिवर्तनको आकांक्षाहरुलाई सम्बोधन गर्न र समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने दाबी गर्नुभयो । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोहो¥याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उहाँको ठम्याइ छ ।

उहाँले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरु विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले विचारधारात्मक जगमा नेपाली समाजलाई ध्रुविकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरु उत्पन्न नहुने बताउनु भयो ।

राजनीतिक दलहरुले नीतिगत र वैचारिक रुपमा आफूलाई अगाडी बढाउन नसक्दाको परिणामको रुपमा अहिले पपुलिष्टहरु राजनीतिको विकल्पको रुपमा आएको बताउनु भयो । पपुलिष्टहरुले कहिलेपनि समाजका समस्याहरुलाई समाधान गर्न नसक्ने उहाँको दाबी छ । नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसावबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताउनु भयो ।