काठमाडौ। धनी राष्ट्रहरूलाई जलवायू परिवर्तनको लागि आफ्नो उचित हिस्सा लिन साईकल यात्रीहरुले आह्वान गरेका छन् ।
काठमाडौं, भैरहवा, हेटौंडा, पोखरालगायतका विभिन्न सहरमा आयोजित यस वर्षको दोस्रो पेडल फर पिपल एन्ड प्लानेट (पीपीपी) मा सहभागी तीन सयभन्दा बढी साइकल यात्रीहरुले यस्तो आह्वान गरेका हुन् । यस क्रममा उनीहरू जलवायू परिर्वतन अभियानकर्ताहरूसँग ललितपुरको जावलाखेलदेखि काठमाडौंको वसन्तपुरसम्म साइकल र्यालीमा सहभागि भए ।
वसन्तपुरमा फ्ल्यास–मोबले विकसित देशहरूलाई विश्वव्यापी जलवायु परिवर्तनको उचित हिस्सा लिन आग्रह पनि गरे । जलवायु संकटको वास्तविक समाधान चाहिन्छ भन्ने उनीहरुको भनाई थियो । धनी देशहरूले विश्वव्यापी जलवायूमा आफ्नो उचित हिस्सा लिनु पर्ने उनीहरुको माग थियो ।
एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टका संयोजक लिडी नेकपिलले पीपीपी एउटा एशिया–व्यापी बाइक कार्यको श्रृंखला भएको बताउनुभयो । उहाँले जलवायू परिवर्तनको बारेमा सचेतना जगाउने र सरकार र यससंग सम्बन्धित निकायलाई तत्काल र महत्वाकांक्षी जलवायू न्यूनिकरण सम्बन्धि कार्य गर्न आग्रह गर्नुभयो ।हामी “नेट शून्य“ कार्बन उत्सर्जनका साथै भ्रामक समाधानहरूका लागि महत्वाकांक्षाहरूलाई अस्वीकार गर्छौं भन्ने उहाँको भनाई छ ।
ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) का कार्यकारी निर्देशक डा. अर्जुन कार्कीले यसले नेपाललाई प्रभावकारी जलवायू न्यूनिकरण गर्नबाट रोक्न सक्ने बताउनुभयो । जलवायू निष्पक्ष साझेदारी विधि अनुसार, बेलायत, अमेरिका, अष्ट्रेलिया र धेरै युरोपेली राष्ट्रहरू वायुमण्डलीय ठाउँ सहित प्राकृतिक स्रोतहरूको आफ्नो उचित हिस्सा भन्दा धेरै प्रयोग गरेर धनी भएको बताउनुभयो । आफ्नो कार्बन उत्सर्जनमा सबैभन्दा गहिरो र छिटो कटौती गर्ने जिम्मेवारी र क्षमता दुवै हुने उहाँको भनाई थियो । उहाँले धनी देशले आफ्नो उत्सर्जन शून्यमा कटौती गरे पनि, तिनीहरू अझै पनि उनीहरूको उचित हिस्सा अनुसार आवश्यक पर्ने कुराहरू पूरा गर्न असफल हुने पनि बताउनुभयो ।
विकासशील देशहरूमा ऊर्जा संक्रमणको लागतहरू तिर्नु पर्ने र त्यसो भए मात्र कम जिम्मेवारी र कम क्षमता भएका देशहरू सक्षम हुन सक्ने उहाँको भनाई थियो ।





प्रतिक्रिया दिनुहोस्