२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक अझै शुरु भएन


260
Shares

काठमाडौं ।बिपक्षी दलहरुले बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै बिरोध गर्ने भएपछि प्रतिनिधि सभा बैठक अझै बस्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अन्य बिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बस्न नसकेको हो । बिपक्षी दलहरुले असम्वन्धित व्यक्ति बजेट निर्माणको प्रक्रियामा सामेल भएको विषयको छानबिन हुनुपर्ने बताएका छन् ।

बिपक्षी दलका प्रमुख सचेतक र सचेतकहरुको बैठक सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसिरहेको छ । जसमा बिपक्षी दलहरुले अनधिकृत व्यक्ति सामेल भएकोबारे छानबिन समिति बनाउनु पर्ने माग गरेका छन् । उता यस बिषयमा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने कुरा नबुझी गलत प्रचार गरिएको बताउँदै आउनु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा पनि सरकारले जेठ १५ गते पेश गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेको छ । सोमबारबाट प्रतिनिधि सभामा बजेटमाथि छलफल सुरु भएको हो ।