२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


प्रधानमन्त्रीले खोजे देउवा र ओली


1.196k
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभा बैठकमा एमाले अध्यक्ष्मा तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवालगायत सदनमा नदेखिए पछि खोजी गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै दाहालले भन्नुभयाे, ‘परम्पराअनुसार सदनमा प्रधानमन्त्रीले बोल्ने भनेपछि प्रमुख प्रतिपक्षी दलका नेता सत्ता गठबन्धनका पनि सबै नेताहरु उपस्थित हुने प्रचलन थियो । तर, आज प्रतिपक्षी दलको प्रमुख नेता हुनुहुन्न । सत्ता गठबन्धनको पनि नेता हुनुहुन्न । अली नमिठो महसुस भएको छ ।’

प्रधानमन्त्री दाहाल बोल्दाबोल्दै ओली आइपुगे पछि दाहालले खुसी व्यक्त गर्नुभयो ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने संसदमा देखिनु भएन ।