५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बिपक्षी दलहरुले उठाएका प्रश्नमा प्रधानमन्त्री दाहालले संसदमा स्पष्टोक्ति दिने


247
Shares

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा बिपक्षी दलहरुले उठाएका प्रश्नको आज जवाफ दिनुहुने भएको छ ।

नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो अभिव्यक्ति दिनुभएको भन्दै एमाले लगायत राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आइतबार संसद बैठक अवरोध गरेका थिए ।

यसमा प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद चल्न नदिने बिपक्षी दलले अडान राखेका थिए । बिपक्षी दलहरुले उठाएका ती विषयमा प्रधमामन्त्रीले संसदमा स्पष्ट पार्न खोज्नुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सभामुख देवराज घिमिरेसँगको कुराकानीमा पनि प्रधानमन्त्री दाहालले संसद अवरोध हटाउन विपक्षी दलहरुले उठाएका बिषयमा आफूले स्पष्ट पार्ने बताउनुभएको थियो ।