
काठमाडौं । केही दिन यता देशैभर बढेको गर्मीको पारो अझै केही दिन निरन्तर रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी बिहिबारसम्म मौसम परिवर्तन हुने संभावना नदेखिएको जनाएको छ ।
काडमाडौं उपत्यकामा सोमबार दिउँसो अधिकतम ३३ डिग्री सेल्सियससम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपण छ ।
यस्तै, तराईका अधिकांश स्थानमा तापक्रम ४० डिग्री माथि पुग्ने छ । जनकपुर, विराटनगर, सिमरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत क्षेत्रमा तापक्रम ४१ डिग्री माथि पुग्ने अनुमान गरिएको छ ।
तापक्रम अत्यधिक बढेका कारण तराइमा तातो हावा चल्ने र लु लाग्ने संभावना बढेको पनि जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गर्मी बढेपछि तराईका जिल्लाहरुमा गत सातादेखि नै विद्यालयहरु बन्द गरिएका छन् भने चहल पहल पनि निकै घटेको छ ।
आगामी विहिबारपछि मात्रै मौसम बदली हुने संभावना रहेको विभागको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्