
काठमाडौं । नागरिकता बिधेयक प्रमाणीकरण लगायतका बिषयलाई दिएर आज बसेको प्रतिनिधि सभाको बैठकमा बिपक्षी दलहरुले अवरोध गरेका छन् ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत राप्रपा र रास्वपाले अवरोध गरेपछि बैठक १ घण्टाका लागि स्थगित भएको छ । आजको बैठकमा सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल गर्ने कार्यसूचि रहेपनि बिपक्षी दलहरुले अवरोध गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका बिपक्षी दलहरुले निस्कृय भैसकेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको भन्दै बैठक अवरोध गरेका हुन् ।
त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपाली भूमि लिपुलेक भारतलाई दिएर त्यही बराबरको बङ्गलादेश जोड्ने भूमि भारतबाट लिन सकिनेबारे दिएको अभिव्यक्तिको एमालेले जवाफ माग गरेको छ । आफूहरुले उठाएका बिषयको जवाफ नआएसम्म बैठक अघि बढ्न नदिने बिपक्षी दलहरुको अडान पछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्