काठमाडौं । नेपाल आयल निगमले प्रादेशिक डिपो अमलेखगञ्जमा दोस्रो चरणको काम तीव्र गतिमा अगाडी बढाएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत पेट्रोलियम पदार्थ भण्डारणको लागि ४ वटा ट्यांकी निर्माणको काम धमाधम भइरहेको छ । आगामी ६ महिनाभित्र पाइपलाइनबाट पेट्रोल आयात हुने नेपाल आयल निगमले जनाएको छ ।
भारतीय आयल निगमसँगको सम्झौता अनुसार अगामी डिसेम्बरभित्र पूर्वाधार निर्माणको काम सम्पन्न गरेर जनवरी २४ भित्र उद्घाटन गर्ने गरी तयारी भइरहेको निगमले जनाएको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्ने ट्याङ्की १० देखि १५ प्रतिशत मात्रै सम्पन्न भएको बताइएको छ ।
साथै दोस्रो फेजअन्तर्गत मुख्य लक्ष्य भनेको पेट्रोल आयात गर्ने भएपनि यसका लागि भण्डारणको व्यवस्था नहुँदा समस्या भएको तर, अहिले ट्यांकी निर्माणको काम धमाधम अगाडी बढेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्