काठमाडाैं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निःश्वार्थ सेवाभावका साथ काम गर्न सामाजिक संघ संस्थाहरुलाई आग्रह गर्नुभएको छ ।
सभामुख घिमिरेले नेपाल जाति, भाषा, कला, संस्कृति आदि सबै हिसाबले समुन्नत रहेकाले त्यसको प्रचार गर्ने काममा पनि सामाजिक संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
फोकस नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले भौतिक रुपमा नेपाल गरिबीको चपेटामा रहेको भएपनि भाषा, कला र संस्कृतिको हिसाबले समुन्नत रहेको पनि स्मरण गराउनुभयो ।
समाज सेवालाई महान कार्यको रुपमा उल्लेख गर्दै सभामुख घिमिरेले त्यसको माध्यामबाट समाजलाई माथि उठाउन सकिने बताउनुभयो । उहाँले सभामुख घिमिरेले समाज सेवाको क्षेत्रलाई बहस र छलफलको विषय बनाउँदै अघि लैजानु आवश्यक रहेको पनि बताउनुभयो ।
सभामुख घिमिरेले भौगोलिक हिसाबले पनि नेपाल समुन्नत रहेको उल्लेख गर्दै त्यसको सदूपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्