
काठमाडौं । सभामुख देवराज घिमिरेले नयाँ संसद भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
बिहीवार सिंहदरबारस्थित निर्माणधीन संसद भवनको निरीक्षण एवं अवलोकन गर्दै उहाँले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिनुभएको हो । उहाँले अहिले ठेक्का प्राप्त समयको हिसावले काम कम भएको बताउनु भयो । सभामुख घिमिरेले अबका दिनमा कामले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विगतका प्रतिकुलतालाई अनुकुलतामा बदलेर तोकिएको समयभित्रै काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहेपनि संसद भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताउनु भयो । उहाँले सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यक्तालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने बताउनु भयो । उहाँले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनु भन्दा आफ्नो काम सम्पन्न गर्नेकुरामा बढी जोड हुुनपर्ने बताउनु भयो ।
सभामुख घिमिरेले संसद भवनि निर्माणको काम देशको साझा र आवश्यकताको विषय ठानेर निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्