Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा पर्ने गरेको छ : मन्त्री भुसाल


117
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मानव स्वास्थ सेवामा जस्तै पशु स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आइतबार काठमाडौंमा भएको महिला पाराभेटेनरीयनहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले यस्तो बताउनुभएको हो ।

उहाँले अहिलेसम्म सरकारले मानव स्वास्थ्य सेवा क्षेत्रमा मात्रै महत्व दिएको भन्दै अब सरकारले पशु स्वास्थ्य सेवाको क्षेत्रमा पनि महत्व दिने बताउनुभयो। उहाँले पशु स्वास्थ्य क्षेत्र सरकारको उपेक्षामा रहेको भन्दै पशु स्वास्थ्य मानवसँग अभिन्न रुपले जोडिएको विषय बुझ्न नसकिएको बताउनुभयो ।

मन्त्री भुसालले सरकारले अहिलेसम्म पशु स्वास्थ्यको क्षेत्रमा महत्व नदिएको स्वीकार गर्नुभयो । उहाँले अब सरकारले पशु स्वास्थ्य क्षेत्रका भएका कानून परिमार्जन र नयाँ कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने बताउनुभयो ।

मन्त्री भुसालले भेटेनरी क्षेत्रमा देशैभर महिलाहरु सक्रिय सहभागिता देख्दा खुशी लागेको बताउनुभयो । उहाँले समाज रुपान्तरणको क्षेत्रमा महिलाले नेतृत्व लिन आवश्यक रहेको भन्दै अब महिलाहरु हेपिए भनेर बस्न नहुने बताउनुभयो । उहाँले महिलाहरु चुलो चौकामा मात्रै बस्नुपर्छ भन्ने युगको अन्त्य भएको पनि बताउनुभयो ।

Skip This