Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


एमालेले गर्‍यो संसद अवरोध


1.6k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।

शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

एमाले प्रमुख सचेतक पदम गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप लगाएको भन्दै बैठक अवरोध गरेका हुन् ।

पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

यसअघि प्रतिनिधि सभामा बोन्नु भएका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो ।