Logo २ कार्तिक २०८३, सोमबार | Tue Oct 20 2026


नेपाल र स्वीट्जरल्यान्डबीच सुरक्षित आप्रवासन परियोजनासम्बन्धी अनुदान सम्झौता


0
Shares

काठमाडौं, भदौ २० । नेपाल र स्वीट्जरल्यान्ड सरकारबीच सुरक्षित आप्रवासन परियोजना तेस्रो चरण कार्यान्वयन लागि अनुदान सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजावेथ भन् क्यापिलर ओस्वाल्डले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार सुरक्षित आप्रवासन परियोजनको तेस्रो चरण कार्यान्वयनका लागि स्वीस सरकारले एक करोड ८१ लाख २१ हजार स्वीस फ्रान्क अर्थात् दुई अर्ब १२ करोड २७ लाख ५८ हजार रुपैयाँ नेपाललाई उपलब्ध गराउनेछ ।

सुरक्षित आप्रवासन परियोजनाको तेस्रो चरण सन् २०१८ देखि २०२२ सम्म कार्यान्वयन गरिँदैछ ।

Skip This