१२ फाल्गुन २०८०, शनिबार | Sat Feb 24 2024


लुम्बिनी प्रदेशको अधिवेशन आजदेखि, कोशीमा भने अधिवेशन आह्वान


52
Shares

काठमाडौं । लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन शुक्रबारबाट सुरू हुँदैछ ।

दाङको देउखुरीस्थित नवनिर्मित भवनमा प्रदेश अधिवेशन बस्न लागेको हो ।

बर्खे अधिवेशनको पहिलो बैठकमा नवगठित मन्त्रिपरिषदको जानकारी दिने र केही विधेयकहरु पेश गर्ने कार्यसूचि रहेको छ ।

यता, कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नु भएको हो । उहाँले जेठ १४ गते आइतबार दिउँसो २ बजेका लागि उहाँले बजेट अधिवेशन आह्वान गर्नु भएको हो ।

प्रदेश मन्त्रीपरिषद् बैठकले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेशसभाको पहिलो अधिवेशन गत चैत २९ गते अन्त्य भएको थियो । अधिवेशनबाट गत फागुन १७ गते प्रदेशको नामाकरण गरेको थियो ।