१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


ईमेज च्यानलको समाचार प्रमुखमा विजय पौडेल नियुक्त


65
Shares

काठमाडौं । ईमेज च्यानल टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त भएका छन् ।

ईमेज टेलिभिजनको व्यवस्थापनले पौडेललाई समाचार प्रमुख नियुक्त गरेको हो । पौडेलले आजैदेखि कार्यभार सम्हालेका छन् ।

दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पौडेल यसअघि कान्तिपुर टेलिभिजनको समाचार उपप्रमुख र एपी वान टेलिभिजनको समाचार प्रमुख भएर काम गरिसकेका छन् ।