Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ : रवि लामिछाने


2.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नागरिकता विषयमा मुद्दा हालेर आफूलाई इरिटेट गरिएको बताउनु भएको छ ।

लामिछानेविरुद्ध प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै सर्वोच्च अदालतमा बुधबार रिट दर्ता भएको थियो । युवराज सफलले लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दर्ता गर्नुभएको थियो ।

बिहीबार बिहान लामिछानेले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताउनु भएको छ । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ।’ लामिछानेले लेख्नु भएको छ । साथै उहाँले घण्टीलाई बजाउनमात्र होइन घण्टीले बजाउन पनि मिल्छ समेत भन्नु भएको छ ।

यस्तै, लामिछानेले अमेरिकाको नागरिकता परित्याग गरेको तथ्य अदालतको माघ १३ को फैसलाले नै पुष्टि गरिसकेको साथै आफूले नेपाली नागरिकता पुनःकायम गराएको बताउनु भएको छ ।

त्यसैगरी अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा जेठ ९ गते सर्वोच्चमा बुझाइसकेको लामिछानेको भनाइ छ ।