Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


रवि लामिछानेविरुद्ध मुद्दा दर्ता


8.6k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदका लागि अयोगय भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

युवराज सफलले रास्वपाका सभापति लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाएको भन्दै प्रतिनिधिसभा सदस्यको रुपमा कार्य गर्न रोक लगाउन अन्तरिम आदेश जारी गर्न माग गर्दै रिट दर्ता गर्नुभएको हो ।

रिट निवेदनमा लामिछाने सांसद रहिरहँदा कानूनको शासन र संवैधानिक सर्वोच्चतामाथि नै गम्भीर प्रश्न उठ्ने दाबी गरिएको छ । पुनः नागरिकता प्राप्त गर्ने प्रक्रियामा नै प्रवेश नगरी लामिछानेले गत माघ १५ मा नागरिकताको प्रतिलिपि लिएको रिट निवेदनमा जिकिर गरिएको छ ।

गत बैशाख २८ गते सर्वोच्च प्रशाशनले दरपीठ गरेको रिट निवेदन जेठ ८ गते तिलप्रसाद श्रेष्ठको एकल इजलासले दर्ता गर्न आदेश दिएपछि पौडेलले आज दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइका लागि जेठ १७ गते पेशी तोकिएको छ ।