Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै माईतीघरमा नर्सको धर्ना


1.6k
Shares

काठमाडौं । अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै नर्सहरुले धर्ना दिएका छन् ।

मंगलबार काठमाडौंको माईतीघर मण्डलामा विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरुले अस्पतालमा गर्नुपर्ने कामको सुनिश्चितता र कार्यभार कम गर्न माग गर्दै सोमबारदेखि शान्तिपूर्ण धर्नामा बसेका हुन् ।

मंगलबार पनि धर्ना कार्यक्रमलाई जारी राखेका हुन् । उनीहरुले न्युन तलबमा क्षमता भन्दा पनि बढी बिमारीहरुको हेरचाह गर्दा समेत कामको मूल्याङ्कन गर्नुपर्ने माग राखेका छन् ।

धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताउनुभयो । उहाँले न्यून तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको बताउनुभयो । उहाँले पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने बताउनुभयो ।

उहाँले नर्स पेशालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने बताउनुभयो । उहाँले अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्ने बताउनुभयो । उहाँले एक जना नर्सले हेर्ने बिरामीको कार्यभार कम भएमात्रै बिरामीले चाहेको जस्तो सेवा दिन सकिने बताउनुभयो ।

धर्नामा बस्ने नर्सहरुले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराईयोस्गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता प्लेकार्डसहित धर्नामा बसेका छन् ।

Skip This