Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरू


130
Shares

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा छलफल सुरू भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।