Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


जलवायु परिवर्तनका चुनौतीसँग जुध्न सार्क सहकार्य


91
Shares

काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरूले आपसी मतभेद बिर्सेर जलवायु परिवर्तनका कारण उत्पन्न साझा चुनौतीसँग जुध्न सहकार्य गर्न आवश्यक रहेको यस क्षेत्रका युवाले बताएका छन्।

दक्षिण एसियामा हिमनदी पग्लने, बाढीपहिरो, डुबान, महामारी, खडेरी तथा तातो हावा चल्नेलगायतका प्राकृतिक प्रकोपका घटना बढ्दो क्रममा छन्। यस्ता प्रकोपको सामना गर्न र जलवायु उत्थानशीलताका उपायहरूको खोजी गर्न सहकार्य र हातेमालोको विकल्प नभएको ठहर दक्षिण एसियाली युवाको छ।

काठमाडौंमा शुक्रबारदेखि सुरु भएको ‘हिमालय क्षेत्रमा जलवायु उत्थानशीलता, सबैका लागि भलाई’नामक सेप साउथ एसिया सम्मेलनमा सहभागी युवाले यस्तो धारणा व्यक्त गरेका हुन्।

सम्मेलनमा सहभागी पाकिस्तानका मुहम्मद अबुवाकर राजनीतिक सम्बन्ध प्रतिकूल हुँदाहुँदै पनि भारत र पाकिस्तानले कोभिड महामारीसँग जुध्न मिलेर काम गरेको उदाहरण दिए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।