२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


संखुवासभामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु


52
Shares

संखुवासभा । संखुवासभामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका ८ बिष्णेधारा नजिकै ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।

शुक्रबार बिहान ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका खाँदबारी १ ढोलबाजेका स्थानीय ६३ वर्षीय यज्ञबहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सरोज खनालले बताउनुभयो ।

शुक्रबार बिहान ट्याक्टर मर्मत गरि ग्यारेजबाट को २ त ३२१६ नम्बरको ट्याक्टर कोशी राजमार्गको सडकमा निकाल्ने क्रममा ब्याक गर्दा बाटोमा हिडिरहेका तामाङलाई ठक्कर दिएको थियो ।

घाइते तामाङको उपचारको क्रममा जिल्ला अस्पताल खाँदवारीमा मृत्यु भएको हो ।