
झापा । झापामा प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने भएको छ ।
बिहीबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी यहि जेठ ६ गतेबाट कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता हुने आयोजकले जनाएको हो ।
प्रथम कर्पोरेट सुपर सिक्स क्रकेट प्रतियोगितामा क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी मेहबुब आलमले खेल्ने भएका छन् ।
विर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा मेहबुबले बिटिएम मन्त्र थकाली टिमको प्रतिनिधित्व गर्दै खेल्ने भएका हुन् । बिटिएम मन्त्र थकालीले अन्य खेलाडीको नाम समेत सार्वजनिक गरेको छ ।
थकालीबाट आलमसहित कप्तान खड्का, नृत्य खडोलिया, अभ्यास तिम्सिना, रुपनारायण श्रेष्ठ, फिर्दोस अन्सारी, दिपक काफ्ले र उमेश खरेल मैदान उत्रिने टिम कप्तान सुरज खड्काले जानकारी दिनुभयो । यसैबीच, बिटिएम मन्त्र थकालीले आलमको जर्सी पनि सार्वजनिक गरेको छ ।
आलमले ११ नम्बरको जर्सी लगाएर कर्पोरेट सुपर सिक्स क्रकेट खेल्ने भएका हुन् । विर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता हुने छ ।
प्रतियोगितामा २० वटा टिमले भाग लिने जनाइएको छ । प्रतियोगितामा बिर्तामोड नगरभित्रका व्यावसायिक तथा सामाजिक संस्था सहभागी हुने छन् ।
प्रतिक्रिया दिनुहोस्