
काठमाडौं । भ्रष्टाचार र नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै नेकपा एकीकृत समाजवादीले बिहिबार दिउँसो विरोध प्रदर्शन गर्ने भएको छ ।
सो पार्टीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने माग गर्दै बुधवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ ज्ञापन पत्र बुझाएको थियो ।
विरोध प्रदर्शन आज ३ बजे माइतिघर मण्डलामा गरिने समाजवादीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्