Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सगरमाथा आरोहण गरी फर्कने क्रममा फुर्वा शेर्पाको निधन


7.8k
Shares

काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियान, २०२३ अन्तर्गत सगरमाथा आरोहण सकेर बेसक्याम्पतर्फ फर्कंदै गर्दा अभियानमा संलग्न सङ्खुवासभा निवासी फुर्वा शेर्पाको निधन भएको छ ।

शेर्पाको पार्थिव शरीरलाई उद्धार गर्ने प्रयास भइरहेको नेपाली सेनाको सैनिक तथा जनसम्पर्क निर्देशनालयले बुधबार जनाएको छ । यसैगरी सगरमाथा तथा ल्होत्से हिमाल सफाइमा संलग्न रही सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दीपेन्द्रसिंह खत्रीलाई आरोहणमा संलग्न अन्य टोलीसमेतको सहयोगमा क्याम्प–२ सम्म ल्याई थप उपचारका लागि काठमाडौं पुर्‍याइएको छ ।

साथै सहसेनानी खत्रीसँगै अन्य तीन जनालाई पनि उपचारका लागि काठमाडौं ल्याइएकामा हाल सबैको अवस्था सामान्य रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकूल मौसमका बाबजुद प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वमा हिमाल सफाइ अभियानको बाँकी कार्य सञ्चालन भइरहेको छ ।