३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


पूर्वगृहमन्त्री खाँण बयानका लागि सरकारी वकिलको कार्यालयमा


936
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले बयानका लागि सरकारी वकिलको कार्यालयमा लगेको छ ।

प्रहरीले सोमबार बयानका लागि खााणलाई काठमाडौंको बबरमहल स्थित सरकारी वकिलको कार्यालय लगेको हो ।पूर्वगृहमन्त्री खाँण सहित नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकालाई आइतबार हिरासतमा राखेर अनुसन्धानका लागि चार दिनको म्याद थप गरिएको थियो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै गरिएको ठगीमा पक्राउ परेका मुख्य आरोपितहरुले खाँणको नाम लिएपछि उनको संलग्नाता रहेको भन्दै प्रहरीले खाँणलाई गत साता पक्राउ गरेको थियो । यही प्रकरणमा तानिएर फरार भएका नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधमामन्त्री टोप बहादुर रायमाझीलाई प्रहरीले आईतबार राति पक्राउ गरेको थियो ।