
काठमाडौं । नेपाली आरोही पासाङ दावा शेर्पा २६औं पटक विश्वकाे सर्वाेच्च शिखर सगरमाथाकाे चुचुरामा पुग्न सफल हुनुभएकाे छ ।
आइतबार बिहान शेर्पा सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । आइतबार बिहान मात्रै थप ६ जना आरोहीले सगरमाथा आरोहण गरेका छन् । अहिले कतिपय आरोही सगरमाथाको हिलारी स्टेप पुगिसकेका छन् । अधिकांश आरोही साउथकोल र आसपास रहेका छन् ।
आइतबार साँझसम्म धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने अनुमान गरिएको छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहण शनिबारबाट सुरु भएको थियो ।
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ४ सय ६७ जनाले अनुमति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्