Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


संयुक्त सैन्य अभ्यासः के हो कुरो ? भीम रावल यसो भन्छन् (भिडियो)


0
Shares

सुशनसर्जन रामदाम/रक्षा बज्राचार्य (इमेज)

काठमाडौं, भदौ १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको चौथो शिखर सम्मेलनकाक्रममा संयुक्त सैन्य अभ्यासको सहमति नभएको दाबी गरेका छन् ।

तर, उनकै पार्टी नेकपाका एकजना जिम्मेवार नेताले भने सम्मेलनकाक्रममा सैन्य अभ्यास गर्ने विषय उठेको दाबी दोहोर्‍याएका छन् ।

मंगलबार संसदमा प्रधामन्त्री ओलीले संयुक्त सैन्य अभ्यासका विषयमा कुनै सहमति नभएको भन्दै सांसदहरुलाई आश्वस्त पार्न खोजे पनि सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य भीम रावलले भारतको विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा नै संयुक्त सैन्य अभ्यासको विषयमा खुलेर लेखिएको बताएका छन् ।

नेपालको असंलग्न नीति र दक्षिण एसियाका राष्ट्रहरुबीचको एकापसको सम्बन्धमा यस किसिमको समझदारीले समस्या निम्ताउने नेता रावलको भनाइ छ ।

पार्टीभित्रसमेत यस विषयमा छलफल नभएका कारण राष्ट्रिय स्वार्थलाई मध्यनजर गरेर उक्त विषयलाई आफूले उठाएको पनि उनले स्पस्ट पारेका छन् ।

प्रधानमन्त्री ओलीले संयुक्त सैन्य अभ्यासको सहमति नभएको बताउने र प्रधानमन्त्रीकै पार्टीका जिम्मेवार नेताले सैन्य अभ्यासको प्रमाण प्रस्तुत् गर्नुले विषयलाई झनै गम्भीर बनाएको छ ।

भिडियो हेर्नुहोस्