
फाइल तस्बिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचार विरूद्धको अभियानमा सहभागी हुन आह्वान गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले पार्टीका नेता तथा समर्थकहरुलाई पार्टीको झण्डा नबोकी अभियानमा जुट्न आह्वान गर्नुभएको हो ।
भ्रष्टाचार मुलुकको साझा दुश्मन हो भन्दै उहाँले आफू पनि सचेत नागरिकको हैसियतमा झण्डा नबोकी भ्रष्टाचार विरोधी अभियानमा जुट्ने उल्लेख गर्नुभएको छ ।
राम्रो काम जसले गरे पनि सघाउनु पर्ने भन्दै उहाँले देशभर जसले जहाँ गरे पनि भ्रष्टाचार विरोधी कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्