
काठमाडौं, असार ४ । जोन्ता क्लब नेपालको नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएको छ ।
क्लबको राजधानीमा भएको कार्यक्रममा निवर्तमान कार्यसमितिले आगामी दुई वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरेको हो ।
उद्यमी मीरा ज्योतिले नयाँ बोर्डको नेतृत्व गर्नेछिन् । कार्यसमितिमा आगामी कार्यकालका लागि निर्वाचित अध्यक्ष सीमा गोल्छा, उपाध्यक्षमा आभा थापा शाह, महासचिवमा सिर्जना थापा ज्योति निर्वाचित भएका छन् ।
नयाँ कार्यसमितिले पनि क्लबले सन्चालन गर्दै आएका महिला सशक्तिकरण र महिला हितका कार्यक्रमलाई निरन्तरता दिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्