२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


स्वयम्भूको ‘बसुबन्धु चैत्य’ मुस्लिम राष्ट्रको प्राचीन सम्बन्धको साक्षी


7.176k
Shares

काठमाडौं । नेपाल प्राचीनकालदेखि विभिन्न विद्धान, महासिद्धिहरुको कर्म र सिद्धभूमि रहेकोमा दुईमत छैन । विश्वका मुस्लिम राष्ट्रहरुबाट धेरै महापुरुष यहाँ आएर सिद्ध भएका र सम्झना स्वरुप विभिन्न सम्पदा निर्माण भएको इतिहास छ । यी सम्पदाको कुटनीतिक बाटोबाट प्रचारप्रसार भए नेपालले विश्व मञ्चमा विशिष्ट पहिचान बनाउने निश्चित छ ।

विश्व सम्पदा स्वयम्भु बौद्धहरुको पहिलो प्राचिनतम महाचैत्य हो । आदी बुद्धहरुको स्थल स्वयम्भुमा महाचैत्य स्थापनाको बेला चीनबाट महामञ्जुश्री आएको मानिन्छ । त्यसपछि भारतबाट शान्तिकराचार्य तथा सम्राट अशोक, पाकिस्तानबाट गुरु बसुबन्धु तथा पद्यसम्भव, बंगलादेशबाट गुरु शान्ति रक्षिता र अतिशा दिपंकर प्राचिनकालमा आएको इतिहास छ ।

यहाँबाटै उनीहरु ज्ञान प्राप्त गरी सिद्ध भएको मानिन्छ । यसै मध्ये एक हुन– पाकिस्तान पेशावरमा जन्मिएका त्यस समयका अन्तराष्ट्रिय बौद्ध गुरु बसुबन्धु । त्यतिबेला विश्वमा उनका धेरै शिष्य थिए । विभिन्न देशको भ्रमण गरि चौथो शताव्दी शुरुवाती दिनमा नेपाल आएका उनी स्वयम्भुमा महाचैत्य बसेका थिए ।

बौद्ध धर्मको प्रचार गर्दागर्दे ८० वर्षको उमेरमा बसुबन्धुले निर्वाण प्राप्त गरेका थिए । त्यसलगत्तै विभिन्न देशबाट आएका शिष्यहरुले उनको अस्थिधातु राखेर स्वयम्भु परिसरमा चैत्य निर्माण गरेका थिए । जुन अहिले बसुबन्धु चैत्यको नाममा प्रसिद्ध छ । पञ्चबुद्ध र बज्र रहेको चैत्य विश्व प्रसिद्ध छ ।

तर, नेपालमा यसबारे खासै प्रचार भएको भएको देखिदैन । परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ बसुबन्धु चैत्य लगायत चैत्यहरु रहेको स्वयम्भुमा महाचैत्यलाई विश्वकै पहिलो बौद्ध सम्पदाको रुपमा स्थापित गर्नुपर्ने बताउनुहुन्छ ।

यसले मुस्लिम राष्ट्रहरुको प्राचिन बौद्ध सम्बन्ध थप सुमधुर र घनिष्ट बनाउन सकिने मात्र होइन, यसले विश्वमा शान्ति कुटनीतिलाई विस्तार गरी स्वयम्भु क्षेत्रलाई शान्तिवार्ता स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकता कुटनीतिज्ञ श्रेष्ठ देख्नुहुन्छ ।

पुरातात्विक र ऐतिहासिक महत्वको बौद्ध सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गरेर शान्ति कुटनीति विस्तार गर्न सके नेपालको अन्तराष्ट्रिय क्षेत्रमा छुटै पहिचान बन्ने निश्चित छ ।