काठमाडौं, भदौ १९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारले सबै संवैधानिक अंगहरुलाई आफ्नो पार्टीको नियन्त्रणमा राख्न खोजेको आरोप लगाएका छन् ।
नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनले संविधान बनाउनेक्रममा केही विषयमा गल्ती भएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले दुईतिहाइ बहुमत पाएको सरकारले जनतालाई सुख दिनुपर्नेमा झन् दुःख दिइरहेको जिकिर गरे ।
उनले सरकारले दुईतिहाइको दम्भ नछाडे नेकपाको पतन हुने र त्योसँगै राजनीतिक व्यवस्था नै दुर्घटनामा पर्नसक्ने बताए ।









प्रतिक्रिया दिनुहोस्