१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


थपिए १७ जना कोरोना संक्रमित


156
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पीसीआरबाट ५ सय ५ जनाको नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

सोही अवधिमा २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय संक्रिमतको संख्या १ सय ४१ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।