Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


भदौ २५ भित्र फौजदारी संहितालाई संशोधनमा नपठाए पुनः आन्दोलनमा उत्रिने चेतावनी


0
Shares

काठमाडौं, भदौ १९ । नेपाल चिकित्सक संघले यही भदौ २५ गतेभित्र फौजदारी संहितालाई संशोधनमा नपठाए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी संघले भदौ २५ गतेसम्म संशोधन प्रस्ताव दर्ता नगरे आकस्मिकबाहेकका सेवा बन्द गर्ने जनाएको हो ।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले एउटा डाक्टरले एक दिनमा २० देखि २५ जनामात्र बिरामीलाई हेर्नुपर्ने भएपनि सरकारी अस्पतालहरुमा एकैदिन २०० बिरामी हेर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो दबाबमा काम गर्नुपर्ने चिकित्सकहरुलाई फौजदारी कानुन लगाउन खोजिएको गुनासो गरे ।

संघका महासचिव डा. लोचन कार्कीले उपचारकाक्रममा हुने दुर्घटना बद्नियतपूर्ण भए/नभएको छानबिन गरेरमात्रै कारबाही हुनुपर्ने बताए ।

चिकित्सकहरुले फौजदारी संहिताको दफा २३० को उपदफा २ खारेज गर्नुपर्ने, दफा २३३ को उपदफा ‘क’मा थप गर्नुपर्नेलगायतमा माग राखेकामा सरकार ती माग सम्बोधन गर्न सकारात्मक बनेको छ ।