१ जेष्ठ २०८२, बिहिबार | Thu May 15 2025


विद्यमान सञ्चार कानूनको कार्यान्वयन गर्नुपर्छ: सभामुख घिमिरे


26
Shares

काठमाडाैं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विद्यमान सञ्चार कानूनको प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएकाे छ ।

आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले अब बन्ने नयाँ कानून प्रेसमैत्री बनाउन सरोकारवालासँगको छलफललाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाे छ ।

उहाँले नेपाली पत्रकारको पेसागत असुरक्षा र न्यूनतम पारिश्रमिक कार्यान्वयनमा देखिएको समस्याप्रति चिन्ता समेत समेत व्यक्त गर्नुभएकाे छ । उहाँले नेपालमा लोकतन्त्र, गणतन्त्र स्थापना एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकारिता क्षेत्रको भूमिका स्मरणीय भएको समेत बताउनुभएकाे छ ।

सबै लोकतान्त्रिक आन्दोलनमा सञ्चार क्षेत्रले खेलेको भूमिकाका कारण संविधानमा नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गरिएको उहाँकाे भनाइ थियाे >