
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नेमाउथलाई हराएको छ ।
शनिबार राति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई ३–१ ले हराएको हो ।
खेलको नवौं मिनेटमा कोनोर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरूवाती अग्रता दिलाए । तर, २१ औं मिनेटमा माथियास भिनाले गोल गर्दै बर्नेमाउथलाई १–१ को बराबरीमा ल्याए । ८२ औं मिनेटमा बेनोइट बाडियाशिलेले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ८६ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई ३–१ को जित दिलाए ।
जितसँगै चेल्सी ३४ खेलबाट ४२ अंक जोडेर ११ औं स्थानमा छ । पराजित बर्नमाउथ ३५ खेलबाट ३९ अंक जोडेर १४ औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्