
काठमाडौं । साविक विजेता गुजरात टाइटन्सले ईन्डियन प्रियिमर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको छ ।
शुक्रबार राति राजस्थानको घरेलु मैदानमा भएको खेलमा गुजरातले राजस्थानलाई ९ विकेटले हराउँदै प्लेअफ नजिक पुगेको हो ।
जितको लागि १ सय १९ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले १३ दशमलब ५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका लागि ऋद्धिमान शाहले अविजित ४१, कप्तान हार्दिक पान्ड्याले अविजित ३९ तथा शुभमन गिलले ३६ रन बनाए ।
राजस्थानका युजभेन्द्र चहलले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थान १७ दशमलब ५ ओभरमा १ सय १८ रनमा अल आउट भयो ।
राजस्थानका कप्तान सन्जु सामसनलले ३०, ट्रेन्ट बोल्टले १५, यशस्वी जैसवालले १४ तथा देवदत्त पाडिक्कलले १२ रन बनाए । राजस्थानका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
गुजरातका लागि राशिद खानले ३, नुर अहमदले २ तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र जोशुवा लिटिलले समान १/१ विकेट लिए ।
गुजरात १४ अंकका साथ शीर्ष स्थानमा रहँदा राजस्थान १० अंकका साथ चौथो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्