२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


नेपाल लाइफ इन्स्योरेन्स २३ औं वर्षमा प्रवेश


1.014k
Shares

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्थापनाको २३ औं वर्षमा प्रवेश गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले २२ वर्षको अवधिमा कम्पनी नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीका रूपमा स्थापित हुन सफल रहेको दाबी गर्नुभयो ।

२०८० चैत मसान्त सम्ममा १ खर्ब ६२ अर्ब बढी लगानी रहेको कम्पनीको जीवन बीमाकोष करिब १ खर्ब ५८ अर्व रुपैयाँ पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले देशभर करिब १ सय ९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

कम्पनीले वार्षिकोत्सवका अवसरमा मुलुकका विभिन्न भागमा रक्तदानलगायत कार्यक्रम गरेको जनाएको छ ।